मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 02 September, 2026
२o८१ असार ३ सोमबार २२:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपन्देहीका सिडिओ अर्याल सार्वजनिक जग्गा संरक्षणमा सक्रिय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार २२:o८:oo

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सरकारी सम्पति संरक्षणमा सकृय बनेका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको अतिक्रमित मसानघाटलाई सार्वजनिक जग्गा कायम गरेपछि उत्साहित बनेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लोपटक संविधानसभा सदस्य कमलेशपुरी गोस्वामीद्वारा अतिक्रमण गरिएको १५ कठ्ठा जग्गा सार्वजनिक कायम गराएका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा संविधानसभा सदस्य कमलेश्वर पुरी गोस्वामीले आफ्नो जग्गासँग जोडिएको १५ कठ्ठा बढी जग्गा तारबार गरी अतिक्रमण गरेको पाइएपछि कानुनी प्रकृया पुरा गरी सार्वजनिक जग्गा कायम गरेको लुम्बिनी सांस्कृतीक नगरपालिकाका अमिन सागर बेवारे बिकले जानकारी दिए।

गोस्वामीले सार्वजनिक जग्गा तारवार गरेर अतिक्रमण गरी प्रयोग गर्दै आएको पाइएपछि उनीविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो । सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरी प्रयोग गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गोस्वामीले जग्गा अतिक्रमण गरी तारबार गरेर भोगचलन गरेको पुष्टि भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

गोस्वामीले मिचिएको सार्वजनिक जग्गा आफूले लगाएको तारबार हटाउने बताए पनि जिल्ला प्रशासन कार्यालयले दिएको म्यादभित्र सार्वजनिक जग्गामा घेरिएको तारवार नहटेपछि प्रहरीको सहायतामा डोजर लगाएर हटाइएको अर्याल बताए ।

रुपन्देहीको साविक मसिना ६ (ख) को कित्ता नम्बर ३१६ र ४०३ सँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गरेका थिए । कित्ता नम्बर ४०३ सँग जोडिएको सार्वजनिक जग्गामा दक्षिणतर्फ जाने बाटोको प्रवेशद्वारमा तारजाली लगाएर बाटो बन्द गरिएको थियो ।
 
त्यस्तै, उक्त कित्तासँगै जोडिएको पोखरी पनि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भेट्टिएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन बिकले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापी कार्यालय, मालपोत कार्यालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्राविधिक टोलीले जग्गाको नापजाँच गरी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक जग्गामा डोजर चलेपछि सार्वजनिक जग्गालाई छुट्टाएर आफ्नो जग्गामा मात्र तारबार लगाईने गोस्वामीका आफन्त प्रमोदपुरी गोस्वामीले बताए । अतिक्रमण गरिएको जग्गामा गोस्वामी परिवारले कुनै संरचना नाबनाएको बताउँदै सार्वजनिक जग्गा संरक्षणका लागि जग्गामा तारबार लगाइएको उनले दाबी गरे ।

रुपन्देहीमा धेरै सरकारी जग्गाहरु अतिक्रमण भएको बताउदै यो घटनाले सार्वजनीक जग्गा जस्तो सुकै पहुचवालाले अतिक्रमण गरे पनि सरकारले फिर्ता लैजान सक्छ भन्ने सन्देश दिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।