१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
२o८१ असार २ आइतबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

निजगढमा सेवाग्राही र अतिथिलाई महीको सत्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १७:५५:oo

कार्यालयमा आउने सेवाग्राही र अतिथिहरूलाई मही खुवाएर स्वागत गर्ने बाराको निजगढ नगरपालिकाको प्रयास प्रभावकारी भएपछि स्थानीयले प्रशंसा गर्न थालेका छन्।

गत चैतदेखि पालिकाले तराईको चर्को घाम र गर्मीमा काम विशेषले कार्यालयमा आउने सेवाग्राही तथा अतिथिहरूलाई चिया र कोल्ड ड्रिंक्सको साटो मही खुवाएर स्वागत गर्न सुरु गरेको थियो।

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने र सर्वसाधारणको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने ठानेर सेवाग्राही र अतिथिहरूलाई मोही खुवाउन थालिएको नगर प्रमुख सुरथ पुरीले बताए।

कार्यालयमा दैनिक २० देखि २५ लिटर मोही खपत हुने गरेको छ। सेवाग्राहीलाई मोही खुवाउने अभियान सुरु गरेपछि कार्यालयका कर्मचारीहरूले पनि खाजा समयमा चिया र कोल्ड ड्रिंक्सको साटो मोही नै खान थालेका छन्।

निजगढ नगरपालिकाले सुरु गरेको ‘मोही’ अभियान प्रशंसनीय देखिएको बाराका अग्रज पत्रकार गोकुल घोरसाइनेले बताए। नगरपालिकाले वडा नम्बर ६ मा रहेको बागदेव दुग्ध उत्पादन सहकारी संस्थाबाट मोही खरिद गरेर ल्याउने गरेको छ। सहकारीले उद्योग स्थापना गरेर मोहीसँगै दुध, दही, घिउ, पनिर, खुवा र पाउडर दुधजस्ता दुग्धजन्य खाद्य पदार्थको उत्पादन र बिक्री गर्दै आएको छ।

बिक्री केन्द्रका सञ्चालक राजकुमार लामिछानेका अनुसार केन्द्रबाट दैनिक ६०–८० लिटरभन्दा बढी मोही बिक्री हुने गरेको छ। ‘पछिल्लो समय मोहीको बिक्री बढदै गएको छ, उनले भने, ‘नगरपालिका कार्यालयले नै प्रोत्साहित गरेपछि बिक्री बढेको हो।’ यसबाट सर्वसाधारणमा पनि मोही खाने बानीको विकास हुँदै गएको उनको भनाइ छ।

ad
ad
ad
ad