१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २ आइतबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मध्य र पश्चिम तराईमा बिहीबारसम्म अत्यधिक गर्मी हुने

तातो हावा पनि कायमै रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १७:२४:oo

मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम तराईमा आगामी बिहीबारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको छ।

महाशाखाले आइतबार तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन जारी गर्दै ६ असारसम्म पश्चिम तराईमा तातो हावा तथा तातो लहर कायमै रहने बताएको हो।

मौसमविद्हरूका अनुसार मनुसनी प्रणाली नफैलिँदा गर्मी बढेको हो। मनसुनी प्रणाली भित्रिएको एक साता भए पनि कोशीमै केन्द्रित छ, जसकारण स्थानीय वायुका कारण वर्षा भइरहेकाबाहेक (विशेष गरी कास्की, तनहुँ, लमजुङ)मा तापक्रम उच्च छ।

रुपन्देहीदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा त झन्डै तीन सातादेखि तातो हावाको लहर चलिरहेको छ। त्यस क्षेत्रको तापक्रम ४० डिग्री सेल्सयसभन्दा माथि नै छ।

शनिबार सबैभन्दा बढी तापक्रम नेपालगन्जमा ४३.५ डिग्री सेल्सियस मापन भएको थियो। राजधानी काठमाडौंमा पनि शनिबार २५ वर्षयताकै उच्च अर्थात् ३५.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

आइतबार काठमाडौं क्षेत्रमा बादल लाग्दा तापक्रममा केही गिरावट आएको छ। तर, मध्य र पश्चिम तराईको तापक्रम भने उच्च नै छ।

ad
ad
ad
ad