१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
२o८१ असार २ आइतबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कुलसचिवको राजीनामा माग्दै संस्कृत विश्वविद्यालयका विद्यार्थीले कुर्सी र पुत्ला जलाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १६:o९:oo

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका विद्यार्थीले कुलसचिव माधव अधिकारीको कुर्सी र पुत्ला जलाएका छन्।

विविध माग राखेका आयुर्वेदमा स्नातक (बिएएमएस)का विद्यार्थीले आफूहरूको मागमा कुनै सुनुवाइ नगरेको भन्दै आइतबार केन्द्रीय कार्यालय र डिनको कार्यालयमा तालाबन्दीसमेत गरेका अखिल क्रान्तिकारीका केन्द्रीय कमिटी प्रमुख सचिव अभयप्रताप चौबेले बताए।

नेविसंघका विद्यापीठ सभापति डा. वसन्त अधिकारी, अखिल क्रान्तिकारी विद्यापीठका अध्यक्ष गणेश पौडेल र प्रमुख सचिव चौबेले विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताएका छन्। कुलसचिवले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ।
 
करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा आयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेर विद्यर्थी आन्दोलित बनेका छन्।

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई ‘इन्टर्न’ भत्ताको तत्काल व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। साथै कुलसचिवको अगुवाइमा विविध भवन निर्माण, बोटानिकल गार्डेन र अन्य विविध पक्षमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै विद्यार्थीले विरोध जनाएका हुन्।

ad
ad
ad
ad