१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Tuesday, 25 June, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ असार २ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

देवघाटमा बाँध बाँधेर चितवनपूर्व र नवलपुरपश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १४:५१:oo

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवनपूर्व र नवलपुरपश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गरेका छन्।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिने बताए।

‘बुढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गरौँ, त्यससँगै देवघाटमा बाँध बाँधेर चितवन हुँदै पूर्वतर्फ र नवलपुर हुँदै पश्चिमतर्फ नहरमार्फत तराई–मधेशका सिँचाइ समस्या हल गर्न सबैको ध्यान जानुपर्छ,’ मुख्य सचेतक पाण्डेले भने, ‘तराई–मधेशका सम्मफाँट, पहाडका टारमा सिँचाइ सुविधा पुर्‍याउनुपर्छ, यसबाट कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका साथ रोजगारी सिर्जना हुन्छ।’

आगामी आवका लागि सिँचाइतर्फ बजेट वृद्धि भएकामा खुसी व्यक्त गर्दै उनले सिँचाइ प्रणालीलाई ‘डिजिटलाइजेसन’ गर्न आग्रह गरे। ‘खेतीयोग्य भूभागमा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउनुपर्छ, स्थानीय साधनस्रोतको प्रयोग गरी पानीको पुनर्भरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ,’ मुख्य सचेतक पाण्डेले भने। रासस

ad
ad
ad
ad