१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
२o८१ असार २ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकाको बजेट सार्वजनिक

चालू आवभन्दा ४६ करोडले घटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १४:२५:oo

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम र आय–व्यय सार्वजनिक गरेको छ।

आइतबार १५औँ नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षका लागि कुल दुई अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

उपमेयर बानियाँले आगामी आवका लागि चालू आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट प्रस्ताव गरे। उपमेयर बानियाँले राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूलता, संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमाका कारण आगामी आवमा बजेटको आकार घटाइएको बताए।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट एक अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन्।

यस्तै, उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवासलगायततर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ सात करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपत् व्यवस्थापनतर्फ तीन करोड १२ लाख, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च एवं वित्तीय व्यवस्थापनतर्फ साँवा तथा ब्याज भुक्तानीका लागि ४० करोड ६२ लाख सुशासन तथा संस्थागत विकासतर्फ दुई करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ।

ad
ad
ad
ad