१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
२o८१ असार २ आइतबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोले ताप्लेजुङमा विद्युत्  सेवा अवरुद्ध, विद्यालयहरू बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १४:o७:oo

ताप्लेजुङको पूर्वी क्षेत्रमा भीषण पानी परिरहेको छ। भीषण वर्षाका कारण आइतबार यहाँका विद्यालय बन्द गरिएका छन्।

सिरीजंघा गाउँपालिका– १ मा रहेको सिनाम माध्यमिक विद्यालयका शिक्षक तुलसी पोख्रेलले टोलटोलमा फोन गरेर विद्यार्थीलाई रोेकेको बताए। 

‘भीषण वर्षा भइरहेको र पहिरो गएर बाटोहरू अवरुद्ध भएको छ । कुन वेला कहाँ पहिरो जान्छ, थाहा नभएकाले अभिभावकहरूलाई टोलटोलमा फोन गरेर विद्यार्थीलाई घरमै रोकेका छौँ,’ उनले भने।

पालिका अध्यक्ष लालबहादुर चौहानले भारी वर्षा भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। बाढीपहिरोका कारण २४ घण्टा अघिदेखि विद्युत् समेत नभएको उनले बताए।

ad
ad
ad
ad