१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २ आइतबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

वरिष्ठ लोकगायक बस्नेतलाई दीर्घ साधना सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १३:२९:oo

दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६औँ वार्षिकोत्सव मनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई ‘दीर्घ साधना’ सम्मान प्रदान गरिएको छ।

लामो समयदेखि लोकगायनको क्षेत्रमा बस्नेतले पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए।

लोकदोहोरी गायनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गायक बद्री पंगेनी, कृष्ण आँसु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ। सञ्चारकर्मी ऋषि धमलालाई विशेष सम्मान प्रदान गरिएको छ।

दरबार रोधी क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सर्जकहरूलाई सम्मान प्रदान गर्दै आएको छ। कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउने पाँच पत्रकार यसपटक सम्मानित भएका छन्।

रातोपाटीका नरेन्द्र रौले, अनलाइन खबरका विष्णु शर्मा, सेतोपाटीका सुशील नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी र मज्जाको टिभीका आयशा दाहाललाई सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

ad
ad
ad
ad