१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २ आइतबार
  • Monday, 24 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २ आइतबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य हुँदैन : राप्रपा महामन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २ आइतबार १२:५७:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने भन्दै राप्रपाकी महामन्त्री कुन्ती शाहीले विधानको पूर्ण पालनामा जोड दिएकी छिन्।
 
‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ । पार्टीभित्र बोल्नु पाउनुपर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने कुरा सह्य हुँदैन,’ शाहीले भनिन् ।
 
पार्टीभित्र केही सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराइन् ।
 
बोल्नै नहुने, बोल्यो कि कारबाही गर्नेजस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य नहुने उनको भनाइ थियो ।
 
विधानको अक्षरशः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ, तर लहरलाई आकर्षित गर्न सकिएको छैन । पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ,’ महामन्त्री शाहीले भनिन्।
 
‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजेजस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ । पार्टीमा सकारात्मक बहसको खाँचो छ,’ उनले भनिन्।
 
राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री शाहीले सो विचार राखेकी हुन् ।
 
‘सहरी क्षेत्र, तराई, पहाड र हिमालका लागि सोही अनुकूल रणनीति बनाएर बलियो संगठन निर्माण गर्नु आवश्यक छ,’ शाहीले पार्टी नेतृत्वको ध्यानाकर्षण गरिन्। ‘नेपालगन्ज र झापालाई बनाउने रणनीति कर्णालीका लागि सान्दर्भिक हुँदैन । कर्णालीका लागि छुट्टै रणनीति र कार्यक्रम आवश्यक हुन्छ।’

‘देश र समाजमा विद्यमान संकटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त नै हो,’ उनले भनिन् ।

ad
ad
ad
ad