१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २९ मंगलबार
  • Wednesday, 03 July, 2024
२o८१ जेठ २९ मंगलबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २९ मंगलबार o७:५o:oo

सामुदायिक विद्यालयले सटर भाडामा लगाउनु उचित हो कि होइन ? 
सटर भाडामा लगाउन नपाइने भन्ने होइन । तर, सटर भाडामा लगाएर त्यस विद्यालयको पठनपाठन बिगार्न भएन । तोकिएको पूर्वाधारमा शैक्षिक क्रियाकलाप गर्नुपर्‍यो । तर, कक्षाकोठा वा पठनपाठन हुने ठाउँ साघुरो पारेर भाडामा लगाउन भने पाइँदैन । कतिपय ठाउँमा भाडामा दिएर दुरुपयोग गरेको पनि पाइन्छ । कतिपयले ठुल्ठूला भवन बनाएर भाडामा दिएका पनि छन् । शिक्षण सिकाइमा बाधा नपुग्ने गरी भाडामा दिन सकिए पनि शैक्षिक क्रियाकलापमै असर पर्नेगरी दिनचाहिँ पाइँदैन ।


यसरी सटरमा ताला लगाएपछि ती विद्यालयको स्रोत व्यवस्थापन कसरी होला ? 
यस विषयमा महानगर र विद्यालय व्यवस्थापनले नै हेर्ने हो । कतिपय विद्यालयमा आन्तरिक स्रोतबाट पनि शिक्षक, कर्मचारी राखिएका छन् । केन्द्र तथा स्थानीय तहले दिएको पैसाले नपुग्ने अवस्था पनि छ । त्यसकारण सटर भाडामा दिनै नपाउने भन्ने होइन, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य पाटो हो । 

सटर कसरी भाडामा लगाइयो भने व्यवस्थित र पारदर्शी होला ? 
हालसम्म विद्यालय आफैँले भाडामा लगाउने र आफैँले पैसा उठाउने गरिरहेका छन् । तर, यसमा विद्यालय पारदर्शी छन् भन्ने अवस्था छैन । त्यसकारण यसलाई पारदर्शी बनाउन कार्यविधि नै बनाउनुपर्छ । तर, भएका सटर बन्द गरेर राख्नु चाहिँ राम्रो होइन । सबै कुरा व्यवस्थित बनाएर भाडामा दिन सकियो भने स्कुलको आम्दानीको स्रोत पनि हुन सक्छ र महानगर आफैँले पनि आम्दानी बढाउन सक्छ  । 
 

ad
ad
ad
ad