Skip This
यो उत्तर कोरिया होइन, तथ्यसहित  प्रतिवाद गर्ने छुट सबैलाई छ : महामन्त्री शर्मा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
समाचार डिजिटल संस्करण

यो उत्तर कोरिया होइन, तथ्यसहित  प्रतिवाद गर्ने छुट सबैलाई छ : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १८:३२:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तथ्यसहित प्रतिवाद गर्ने छुट सबैलाई भएको बताएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले ‘कांग्रेसले सार्वजनिक रूपमा लिखित माफी माग्नुपर्ने’ भनेपछि त्यसको प्रतिवादमा शर्माले यस्तो बताएका हुन्।

बुढानीलकण्ठ बैठकपछि प्रतिक्रिया दिँदै सोमबार दिउँसो शर्माले भने, ‘गिरीबन्धुमा अदालतले बोलेपछि हामीले केही बोलेका थिएनौँ। ओलीले नै फायर खोल्नुभयो। कांग्रेसले बेचेर कमिसन खायो भन्नुभयो। उहाँको आरोपमा तथ्य थिएन, उहाँले त्यो फिर्ता लिनुभएको हो? उहाँहरूलाई गलत आरोप लगाउने छुट छ भने हामीलाई पनि सही प्रतिवाद गर्ने छुट छ। यो नेपाल हो, उत्तर कोरिया होइन।’

तथ्यहीन आरोपको ‘फायर’ ओलीले नै सुरु गरेकाे उल्लेख गर्दै महामन्त्री शर्माले सही प्रतिवादका लागि कांग्रेस तयार रहेको प्रस्ट पारे। ‘सँगसँगै बसेर संविधान बनाएका हौँ। उहाँले आरोप लगाउन यो संविधानले छुट दिने, प्रतिवाद गर्न कांग्रेसलाई उहाँसँग सोध्नुपर्ने?’ शर्माले प्रश्न गरे।

सहकारी प्रकरण र गिरीबन्धु टी स्टेटलाई जोडेर महामन्त्री शर्माले एमाले–रास्वपासहितको गठबन्धनलाई ‘सहकारी बन्धु गठबन्धन’ भनेपछि एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्ने बताएका थिए।

ad
ad
ad
ad