Skip This
कांग्रेसले एमालेमाथि लगाएको अराजनीतिक आरोपप्रति सार्वजनिक माफी माग्नुपर्छ : पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले एमालेमाथि लगाएको अराजनीतिक आरोपप्रति सार्वजनिक माफी माग्नुपर्छ : पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १४:४३:oo

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्। कांग्रेसले एमाले र एमाले अध्यक्षप्रति आधारहीन र अराजनीतिक आरोप लगाएको भन्दै उनले यस्तो बताएका हुन्।

बालुवाटार बैठकबाट बाहिरिने क्रममा सोमबार पौडेलले पत्रकारहरूसँग कुरा गर्दै सहमतिका लागि एमालेले प्रयास गरिरहे पनि कांग्रेस त्यसलाई बिथोल्न लागिपरेको आरोप लगाए।

‘नेपाली कांग्रेसले एमालेका विरुद्धमा, हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक पूर्वाग्रहपूर्ण आरोप लगाइरहेको छ, कांग्रेसले लिखित रूपमा क्षमायाचना गर्नुपर्छ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली कांग्रेससँगको हाम्रो सम्बन्ध ठीक ढंगले अघि बढ्न सक्दैन,’ उनले भने।

ad
ad
ad
ad