Skip This
अध्यक्ष दाहालको प्रस्ताव- तल्लो सदनको विवाद माथिल्लो सदनमा नल्याऊँ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अध्यक्ष दाहालको प्रस्ताव- तल्लो सदनको विवाद माथिल्लो सदनमा नल्याऊँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १४:५४:oo

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो।

बैठकमा अध्यक्ष दाहालले तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउन नहुने बताएका थिए। उनले भने, ‘राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो हुँदैन। हामी आफैँ निर्णय गर्न सक्छौँ भन्ने सन्देश दिन जरुरी छ। प्रतिनिधिसभामा हुने सहमति र असहमति उहाँहरूले उतै मिलाउनुहुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सञ्चालन गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’ 

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा कांग्रेसले अवरोध नगर्ने भन्दै पार्टीको निर्णय सुनाए। ‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौँ। धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ। यो हाम्रो पार्टीको निर्णय हो,’ उनले भने। 

ad
ad
ad
ad