१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Thursday, 23 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १० बिहीबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लामो संवादहीनतापछि शेखर–गगन भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार १२:४o:oo

नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ। लामो समयको संवादहीनताको अवस्था तोड्दै दुई नेताबीच छलफल भएको हो।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ।

भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारीसमेत गराएका छन्।

कोशी प्रदेशमा मुख्यमन्त्रीको विषयलाई लिएर दुई नेताबीच संवादहीनताको अवस्था आएको थियो। केन्द्रमा माओवादी–कांग्रेस गठबन्धनको सरकार रहेका बेला एमालेको समर्थनमा कोइरालाले केदार कार्कीलाई अघि सारेपछि दुई नेताबीच संवाद हुन सकेको थिएन।

ad
ad