१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक महासंघको अध्यक्षमा सुवेदी    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा भएको छ । सुवेदी यसअघि महासंघको महासचिव थिए ।

यही वैशाख १० गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि नयाँ नेतृत्व घोषणामा विलम्ब भएको थियो । महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशनमा भाग नलिएपछि विवाद भएको हो ।

विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले भाग लिएको थिएन । सहमति जुट्न नसकेपछि संगठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासंघको नयाँ नेतृत्व चयन गरिएको र संगठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए

महासंघको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको संगठनका महासचिव हंसबहादुर शाहीले बताए ।