१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका क्यालिफोर्निया
२o८१ बैशाख १८ मंगलबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

 क्यालिफोर्नियामा नेपाल डे परेड कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यालिफोर्निया
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३१:oo

यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल डे परेड कार्यक्रम  सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको  डे परेड कार्यक्रममा चार हजारभन्दा धेरै नेपाली सहभागी भएका थिए ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार परेडमा सहभागीहरू आ– आफ्नो संस्कृति र परम्परा झल्कने वेशभूषामा सजिएका थिए।  नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उद्देश्यका साथ परेडको आयोजना गरिएको बोर्ड  अफ  डाइरेक्टर  जनक राज  ढुंगानाले बताए । 

सानफ्रान्सिस्कोको सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूत ॠषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए ।  परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए । यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरूको समेत सहभागिता थियो । 

डे परेडमा नेपाली चर्चित क्रिकेटर पारस खड्काकाे पनि सहभागिता थियाे । परेड सम्पन्न गर्नमा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, बेष्ट रिजनका विष्णु केसी, उत्तम कार्कीलगायतकाको विशेष योगदान रहेको बताइएको छ ।

कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआरएनएन च्याप्टरबाट पनि उल्लेख्य मात्रामा सहभागिता थियो ।एनआरएनए एनसिसीका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बिओडीहरूको सहभागिता थियो ।

ad
ad