१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

टस जितेर नेपालले रोज्यो फिल्डिङ, हङकङ ब्याटिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:५६:oo

एसिसी टी–२० प्रिमियर कपअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण केही ढिला सुरु भएको छ।

ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा नेपालले टस जितेपछि पहिले फिल्डिङ रोजेको छ। दुई ओभर घटाएर १८ ओभरमा सीमित गरिएको खेलमा हङकङले ब्याटिङ थालेको छ।

आजको खेलमा नेपालले विवेक यादवको स्थानमा करण केसीलाई प्लेइङ ११ मा भित्र्याएको छ। अन्यमा यसअघि मलेसिया र कतारसँगको खेलका नै यथावत् छन्। 

जारी प्रतियोगितामा अहिलेसम्म नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समूह ‘ए’मा रहेको नेपाल यसअघि खेलेका दुई खेल जित्दै चार अंकसहित शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट तथा दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

ad
ad