लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन्। केन्द्रीय सत्तासमीकरण फेरबदलका कारण अल्पमतमा परेपछि डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट चैत २२ गते राजीनामा दिएका थिए।
चौधरीको राजीनामापछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका महराले अहिले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।