१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ १२ शनिबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

छिन्नमस्तामा सिँचाइको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १२:५८:oo

सप्तरीको छिन्नमस्तामा किसानको सिँचाइको विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएको छ। कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले खेतमा सिँचाइ सुविधा पनि पुर्‍याउने निर्णय गरेको छ।

४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन्। तर, सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका थिए। यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो छ।

कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए। गत असार ७ गते सम्पन्न १०औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल ५० प्रतिशत  गाउँपालिकाले तिरिदिने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए।

‘यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने, ‘कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतीप्रति किसानको आकर्षणसमेत बढ्नेछ।’

ad
ad