१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५८:oo

‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ को ग्रान्ड फिनाले तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाली गीत–संगीतकर्मीको सम्मान, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड नेप्को इन्टरटेन्मेन्ट प्रालिले पहिलोपटक आयोजना गरेको हो ।

कार्यक्रममा ‘चन्द्र–सूर्य’ गीतबाट गायक हरिगोपाल प्रधानले सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हात पारे भने सर्वोत्कृष्ट म्युजिक प्रोड्युसरको अवार्ड सूर्य क्रिएसन प्रालिका सूर्यबहादुर मगरले पाए । ‘दसैँ–तिहार आउँदा’ गीतबाट गायिका सबिना बुढामगरले सर्वोत्कृष्ट चाडपर्व गीततर्फको अवार्ड हात पारिन् । 

त्यस्तै, ‘धासी पूर्वेली तेर्सो भाका’तर्फ गायक धनबहादुर दमाईं (दीपक लाखे)ले सर्वाेत्कृष्ट अवार्ड पाए भने, सर्वाेत्कृष्ट कस्टम डिजाइनरको अवार्ड जानकी थापा मगरले पाएकी छिन् । सर्वाेत्कृष्ट लोक विधातर्फ गायक नेत्र भण्डारीले ‘झरी’मार्फत सर्वाेत्कृष्ट गायकको अवार्ड जितेका छन् । ‘खुकुरी रम’को गीतबाट लक्ष्मी रेग्मीले सर्वाेत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् ।

यस्तै, रोमबहादुर श्रेष्ठ सर्वोत्कृष्ट नवगायक र सर्वोत्कृष्ट नवमोडलको अवार्ड स्पेस लामिछानेले जिते । त्यस्तै, सर्वाेत्कृष्ट महिला गायिकातर्फ कमला पोखरेलले पब्लिक च्वाइस र पुरुषतर्फ गायक दीपसागर थापाले हात पार्न सफल भए । 

त्यसैगरी, पप विधातर्फ सर्वाेत्कृष्ट संगीतको अवार्ड कल्याण सिंहले जिते भने, गायक धु्रव खनालले राष्ट्रिय भावको विधामार्फत जुरी अवार्डसँगै आधुनिक गीतको सर्वाेत्कृष्ट शब्दमार्फत अवार्ड हात पारे । यस्तै, आधुनिक गीततर्फको सर्वाेत्कृष्ट म्युजिकको अवार्ड ‘थाहा छैन’ गीतका लागि नीरज कुमारले हात पारे भने, आधुनिक गीततर्फ स्मारिका ढकालले सर्वाेत्कृष्ट मोडल महिलाको अवार्ड हात पारिन् ।

ad
ad