हेराल्ड कलेजले ८९ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्र (एएए)मा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरेको बताएको छ ।
यी तीनै क्षेत्रलाई एकै सूत्रमा बाँध्ने एएए छात्रवृत्तिको उद्देश्य भनेको विद्यार्थीलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको बताइएको छ । यो छात्रवृत्तिका लागि आवेदकको उल्लेख्य सहभागिता रहे पनि योग्यताका आधारमा ८९ जना विद्यार्थी चयन गरिएको कलेजले जनाएको छ ।
विद्यार्थीलाई उनीहरूका परिवारजन तथा सम्पूर्ण कलेज परिवारमाझ हेराल्ड कलेजका सिइओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।