१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रहरीमा डिआइजीका दुई विशेष दरबन्दी थप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:५८:oo

नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थप गरिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो ।

साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष दरबन्दी थप्न प्रस्ताव गरेको थियो । तर, प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको दरबन्दी भने थपिएन । ६ महिनाअघि नै प्रहरी प्रधान कार्यालयले विशेष दरबन्दीको प्रस्ताव अघि बढाएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको छ । प्रहरी सहचारी पठाउने प्रस्ताव भने अर्थ मन्त्रालयमै अल्झिएको छ ।
 

ad
ad