१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वन प्राविधिक संघमा प्रजातान्त्रिक प्यानल विजयी, अध्यक्षमा राकेश कर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३६:oo

नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण विजयी भएका छन्। कांग्रेसनिकट प्रजातान्त्रिक वन प्राविधिक संघसहित नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वन प्यानलका कर्ण एक हजार २६१ मतसहित अध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेनिकट प्रगतिशील वन प्राविधिक संघका विजयराज पौडेलले आठ सय ६८ मत मात्र पाए। शनिबार राति काठमाडौंमा भएको निर्वाचनमा १४ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र सदस्यबाहेक सबै पदमा प्रजातान्त्रिक प्यानल विजयी भएको हो।

उपाध्यक्षमा प्रगतिशील प्यानलका सुजितकुमार झा विजयी भएका छन्।

निर्वाचनबाट महिला महासचिवमा सुनिता उलक, महासचिवमा गोविन्दप्रसाद दाहाल, महिला सचिवमा सिर्जना श्रेष्ठ, सचिवमा सुदीप छत्कुली र कोषाध्यक्षमा सुजिताकुमारी राउत विजयी भएका छन्।

यसैगरी, सदस्यमा सुवासचन्द्र शर्मा, प्रकाशराज रेग्मी, नीरजबाबु भट्ट, प्रशासन सापकोटा, पुष्पाकुमारी मिश्रा, सिर्जना श्रेष्ठ र राधिका शर्मा निर्वाचित भएका छन्। राधिका प्रगतिशील प्यानलकी हुन्।

नवनिर्वाचित महासचिव गोविन्द दाहालले ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्रले ओगटे पनि आयको लेखाजोखा नभएकाले वन व्यवस्थापन अगाडि बढाउन जोडदार रूपमा सरकारसँग माग गर्ने बताए। ‘वन व्यवस्थापन कार्यक्रम तत्काल लागू गर्न सरकारलाई दबाब दिइनेछ, वन व्यवस्थापन गरेमा रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने।

ad
ad