१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १८ मंगलबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

विराटनगरमा ‘सत्य हरिश्चन्द्र’को मञ्चन सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३५:oo

विराटनगर महानगरको एक मात्र नाटकघर आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भारतवर्षमा प्रख्यात नाटक ‘सत्य हरिश्चन्द्र’को मञ्चन सुरु भएको छ। करिब १५० वर्षअघि आधुनिक हिन्दी साहित्यका पिता भनेर चिनिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटक ‘सत्य हरिश्चन्द्र’ लामो समयपछि विराटनगरमा शुक्रबारदेखि मञ्चन सुरु भएको हो।

शिक्षण पेसा र साहित्यमा आबद्ध रंगेलीका केदार सत्यालले २०३३ सालमै हिन्दीमा लेखिएको नाटक ‘सत्य हरिश्चन्द्र’ नेपालीमा अनुवाद गरेका थिए। तर, लामो समयपछि उक्त नाटक छायाँमा पर्दै आएको थियो।

सूर्यवंशका अठ्ठाइसौँ राजा रामचन्द्रभन्दा ३५ पिँढी पहिले त्रिशंकका पुत्र तथा शौभपुर नामक राज्यका राजाका रूपमा वर्णित राजा हरिश्चन्द्रको कथा हिन्दु नीतिशास्त्रहरूमा निकै प्रशिद्ध छ। त्यही सूर्यकुलका राजा हरिश्चन्द्रको सत्यनिष्ठाको कथामा आधारित भएर तयार पारिएको यस नाटकले सत्यपथमा जस्तोसुकै कष्ट भए पनि त्यसको अन्त्य सुखद् हुन्छ भन्ने सन्देश दिएको छ।

‘आधुनिक नाटकहरूमा भन्दा फरक यस शास्त्रीय नाटकले नैतिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वाससहित नाटक मञ्चन सुरु गरेका हौँ,’ निर्देशक दीपेश भण्डारीले भने। निर्देशक भण्डारीका अनुसार नाटक सत्य हरिश्चन्द्रले मानिसको नैतिक जीवनमा कतै न कतै सकारात्मक प्रभाव पार्नेछ। 

एक घण्टा ४५ मिनेटको यस नाटकमा प्रदीप दाहाल, दीक्षा मिश्र, सबिन भट्टराई, रबिन चिमरिया, आयुषप्रसाद कोइराला, विकास अधिकारी, निशान राई, जितेन्द्र रजक, पंकज शाह, मेलिना कार्की, एलिजा ठाकुर, दिवश ढकाल, रागन मानन्धर, दीक्षा चौधरी, मनीषकुमार ठाकुरलगायतको अभिनय छ। 

भरत कार्कीको प्रकाश परिकल्पना, सबिन भट्टराईको मञ्च परिकल्पना तथा सहनिर्देशनमा तयार यो नाटक २३ देखि ३० चैतसम्म साँझ ५ः१५ बजे मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।
 

ad
ad