१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

विश्वासको मत पाएकै दिन बागमतीका मुख्यमन्त्रीले थपे मन्त्री

एकीकृत समाजवादीकी रमा आले मगर विना विभागीय मन्त्री नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५३:oo

बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छिन्।
उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौँडाले जनाएको छ। 

उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय स्रोतको भनाइ छ। मन्त्री आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथग्रहण गराउने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ। 

आले एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन्। उनी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी हुन्।

विनाविभागीयमन्त्रीमा नियुक्त भएपछि उनले एक साताभित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको जानकारी दिइन्।

ad
ad