मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १९ सोमबार
  • Wednesday, 16 July, 2025
आइतबार राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीसँग विवाद गर्दै मधेश प्रदेशका निवर्तमान मन्त्री महेशप्रसाद यादवसहित जनमतका कार्यकर्ता ।
सौरभ यादव काठमाडाैं
२o८o चैत १९ सोमबार o८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशका निवर्तमान शिक्षामन्त्रीले कुटे कर्मचारी

Read Time : < 1 मिनेट
सौरभ यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १९ सोमबार o८:२५:oo

मधेश प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराजस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कुटेका छन् । आइतबार पूर्वाधार विकास कार्यालयमै दुईवटा योजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूमाथि हातपात गरेको कार्यालयका प्रमुख अधिकारीले बताए ।

‘प्रदेश सरकारको रेडबुकमा रहेको राजविराज नगरपालिका– १३, पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको विषहरियामा एकनाथको घरदेखि महावीर स्कुलसम्म आरसिसी ढलानको योजनाको चिठी लिन राजविराज नगरपालिका– १३ की वडासदस्य चन्द्रिका यादव आउनुभएको थियो,’ उनले भने, ‘मैले दुवै योजना सञ्चालनका लागि कोटेसनको सूचना निकालिसकेको जवाफ उहाँलाई दिएको थिएँ ।’ त्यसपछि वडासदस्य यादवले निवर्तमान शिक्षामन्त्री महेश यादवलाई फोनमा कुरा गर्न आफूलाई दिएको अधिकारीले बताए । ‘फोनमा कुराकानी भएको केहीबेरमै निवर्तमान मन्त्रीज्यू आउनुभो, मैले नमस्ते भनेँ, उहाँले हातपात गर्न थाल्नुभो,’ उनले भने ।

प्रवीणप्रताप अधिकारी, प्रमुख, पूर्वाधार विकास कार्यालय, राजविराज फोनमा कुराकानी भएको केहीबेरमै निवर्तमान मन्त्रीज्यू कार्यकर्तासहित कार्यालय आउनुभो, मैले नमस्ते भनेँ । कुरै नसुनी उहाँले हातपात गर्न थाल्नुभो ।

निवर्तमान मन्त्री यादवले कार्यालय प्रमुख अधिकारीलाई हातपात गरिरहँदा सो कार्यालयमा जनमत पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यद्वय सकिल अली, शम्भु साह तथा जनमत पार्टीकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीसमेत उपस्थिति थिए । निवर्तमान मन्त्री यादवले भने हातपातको विषय अस्वीकार गरे । उनले प्रदेश सरकारको योजनाको चिठी दलालमार्फत बिक्री वितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए । उनले हातपात नगरेको, हल्का ठेलेको मात्रै बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुव्र्यवहार भएको जनाकारी प्राप्त भएको र सो सम्बन्धमा बुझ्ने काम भइरहेको बताए ।