
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ३, पुलचोकमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार बिहान साढे नौ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बस बिग्रिएर सडकछेउमा रोकेर राखिएको ना.६ ख ३७३३ नम्बरको ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा बसमा सवार यात्रुहरू दुईजनाको मृत्यु भएको हो भने २१ जना घाइते भएका हुन्।
दुर्घटनामा घाइते भएर उपचारका क्रममा अस्पतालमा मृत्यु भएका एकजना महिला र एकजना पुरुषको सनाखतको प्रक्रिया भइरहेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।