कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चौथोपटक मंगलबार विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै उनले चौथोपटक विश्वासको मत लिन लागेका हुन्।
नेपाली कांग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार चौथोपटक विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत वर्ष वैशाख १५ गते तेस्रोपटक विश्वासको मत लिएका थिए।
०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसपछि उनले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए।