Skip This
‘इस्टर सन्डे’ मनाउँदै इसाई धर्मावलम्बी [फाेटाेफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Friday, 26 July, 2024
संजित परियार काठमाडौं
२o८o चैत १८ आइतबार १३:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘इस्टर सन्डे’ मनाउँदै इसाई धर्मावलम्बी [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १३:२३:oo

विश्वभरका इसाई धर्मावलम्बीहरूले आज इस्टर पर्व मनाउँदै छन्। सो अवसरमा काठमाडौंमा आइतबार एक र्‍याली आयोजना गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो।

इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको तीन दिनपछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ। बाइबलमा उल्लेख भएअनुसार हजारौँ साल पहिले शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो। त्यसको तीन दिनपछि उनी पुनः जीवित भएका थिए र त्यस दिन आइतबार परेको थियो।

इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रुपमा पनि लिने गरिन्छ। यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएर स्वर्ग गएको उल्लेख छ। त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन्,  जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ।

हेर्नुहाेस् तस्बिरहरू :