१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Saturday, 28 September, 2024
पूर्वी चीनको झेजियांग प्रान्तमा रहेको कारखानामा मोजा उत्पादन गर्दै ‘इन्टेलिजेन्ट’ मेसिन । तस्बिर : सिन्ह्वा
रासस बेइजिङ
२o८o चैत १८ आइतबार १२:३२:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको औद्योगिक उत्पादनमा वृद्धि

Read Time : > 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १२:३२:oo

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलोपटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक संकेत गरेको नीति–निर्माताहरूले बताएका छन्।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचांक मार्च महिनामा ५०.८ देखिएको छ। चिनियाँ तथ्यांक ब्युरो (एनबिएस)का अनुसार यो सूचांक गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो।

पिएमआई सूचांक ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको संकेत हो। यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र वृद्धि देखिएको थियो। ब्लुमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाबसमेतका समस्या देखिएका थिए।

अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो। बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्वाकांक्षी भन्दै चीनको आलोचना गरेका थिए।

चिनियाँ अधिकारीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपाय घोषणा गरेका थिए जसबाट मिश्रित परिणाम हासिल भएका थिए। तर, एउटा सकारात्मक पाटोका रूपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो।

चीनको गैरऔद्योगिक उत्पादनको पिएमआई सूचांक भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ। अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो।

गत वर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था रहेको थियो। दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले शृंखलाबद्ध रूपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो।

आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कुल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो। तर, यस वृद्धिलाई अर्थशास्त्रीहरूले चीनले बढाइचढाई गरेको दाबी गरेका थिए। चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरूपछि सबैभन्दा कमजोर थियो।