१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एमालिया रेबेका मिलर/कार्मिट सेगल
२o८१ बैशाख १९ बुधबार o९:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्रतिस्पर्धात्मक कार्यस्थलले लैंगिक समानता निम्त्याउँदैन 

Read Time : > 2 मिनेट
एमालिया रेबेका मिलर/कार्मिट सेगल
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o५:oo

यदि कार्यस्थल प्रतिस्पर्धा ठूला रोजगारीका पदमा जारी रह्यो भने समानता भएका कार्यस्थल हासिल गर्न चुनौती खडा हुनेछन् 

कानुन र वित्तसहित थुप्रै उच्चस्तरका क्षेत्रमा अत्यधिक प्रतिस्पर्धात्मक कार्यस्थलको अवस्था देखिन्छ । यी क्षेत्रमा कर्मचारी पद, बोनस र पदोन्नतिका लागि एक–अर्कासँग प्रतिस्पर्धा गर्छन् । उसो त उच्च प्रतिस्पर्धात्मक संस्कृति भएको कार्यस्थललाई लैंगिक–तटस्थ मानिन्छ, तर वास्तवमा यो संस्कृति भएको ठाउँमा लैंगिक असमानता झन् चर्को हुन्छ ।

यो आइएलआर रिभ्युको हालैको अंकमा प्रकाशित सहकर्मी रगन पेट्रीसँगको हाम्रो नयाँ अध्ययनको मुख्य खोज हो । महिलाका लागि कार्यस्थलको विविधता र व्यावसायिक जीवन एवं पारिवारिक द्वन्द्व अध्ययन गर्ने अर्थशास्त्रीका नाताले हामी कार्यस्थलमा हुने प्रतिस्पर्धाले मानिसको जीवनमा कसरी प्रभाव पार्छ भनेर अनुसन्धान गर्न चाहन्थ्यौँ । हामीले मानिसलाई धेरै र कम प्रतिस्पर्धी रोजगारीका आधारमा तुलना गर्न सक्दैनौँ किनभने यी रोजगारी विविध किसिमले भिन्न हुने गर्छन् । त्यसैले, हामीले केही प्रयोग गर्यौं ।

हाम्रो पहिलो प्रयोग कलेजको पुस्तकालयमा भएको थियो, जहाँ हामीले एकपटकको अनुसन्धान सहायक कामका लागि दुई सयभन्दा बढी व्यक्तिलाई राख्यौँ र एक घन्टाको २५ डलर भुक्तानी गर्ने निर्णय गर्यौं । जब अनुसन्धान सहायकको नियुक्ति भयो, तब हामीले तिनलाई चार समूहमा विभाजन गर्यौं र हरेक समूहमा दुई पुरुष एवं दुई महिला राखिए । र, तिनलाई अर्थशास्त्र अनुसन्धानमा प्रयोग गर्न डिजाइन गरिएको कम्प्युटर प्रोग्राम परीक्षणमा लगायौँ । प्रशिक्षणका क्रममा हामीले अनुसन्धान सहायकलाई कम्तीमा १० मिनेट काम गरे मात्रै तिनले २५ डलर पारिश्रमिक पाउने बतायौँ र हामीले तिनलाई सकेसम्म लामो समयसम्म कडा मिहिनेत गर्न पनि भनेका थियौँ । हामीले कामको उद्देश्यलाई समय क्रममा मानिसले कति राम्रोसँग पूरा गर्न सक्छन् भनेर मापन गर्नु थियो । 

केही अनियमित रूपमा चयन गरिएका सत्रमा हामीले सबैभन्दा धेरै अंक ल्याउने समूहमा सहायकलाई ३० डलरको उच्च बोनस दिने निर्णय गर्यौं । सहायकले आफ्नो स्क्रिनमा आवधिक रूपमा देखा पर्ने वर्गमा क्लिक गरेर अंक जम्मा गर्न सक्थे । थप अंक ल्याउने एक मात्र उपाय लामो समयसम्म बसेर कडा प्रयास गर्नु रहेको थियो ।

यद्यपि हामीले सामाजिक र आन्तरिक प्रेरणाले धेरै सहायक आवश्यक कामको समयभन्दा बाहिर बसेका थिए, अर्थात् ३० डलर बोनस पुरस्कारको प्रस्तावले सहायकलाई धेरै लामो समयसम्म काम गर्न प्रेरित गर्‍यो । बोनस–योग्य सहायकको आधाभन्दा बढीलाई अधिकतम समय ४० मिनेटको अनुमति दिइएको थियो र कामको समय समग्रमा ८३ प्रतिशतले बढेको थियो । यी अतिरिक्त भुक्तानीले प्रोत्साहनको प्रयाससँग सम्बन्धित खर्चलाई एकतिहाइले घटाएको थियो र यो वास्तविक रोजगारदाताका लागि अत्यधिक आकर्षक हुने देखियो । हामीले काम गर्ने समय, कुल अंक र अन्य अवस्थामा उपस्थित नभएको भुक्तानीमा लैंगिक अन्तर सिर्जना भएको पायौँ । यस नतिजाले सीमित–समय प्रतिस्पर्धामा जब मानिसले समय छनोट गर्ने मौका पाउँछन्, तब लैंगिक भिन्नता हुन सक्छ भन्ने देखाउँछ ।

दोस्रो प्रयोगमा हामीले सात सयभन्दा बढी आवेदकलाई अघिल्लो प्रयोगकै कम्प्युटर प्रोग्राम परीक्षण गर्ने कामका लागि बोनसको सम्भावना रहेको बताएका थियौँ । र, हामीले आवेदकलाई निश्चित ओभरटाइम ज्याला दर र फरक–फरक पुरस्कार स्तर भएका प्रतिस्पर्धाबीच छनोट गर्न भनेका थियौँ । पुरुष र महिला दुवैले उच्च पुरस्कार स्तरलाई छनोट गर्ने सम्भावना बढी थियो । तर, पुरुषले उच्च पुरस्कार स्तरमा महिलाभन्दा धेरै प्रतिक्रिया दिएका थिए । अर्को शब्दमा दाउ बढ्दै जाँदा उच्च पुरस्कार स्तरमा लैंगिक अन्तर बढेको पाइयो ।

हाम्रो अनुसन्धानको निचोड : हाम्रो अनुसन्धानले अत्यधिक प्रतिस्पर्धात्मक कार्यस्थलले लैंगिक असमानतालाई दुई ढंगले चर्को बनाएको देखाउँछ । पहिलो महिला उच्च प्रतिस्पर्धामा प्रवेश गर्न र निरन्तरता दिन इच्छुक छैनन् । हाम्रा यहाँका निष्कर्ष अघिल्लो अनुसन्धानसँग मिल्दाजुल्दा छन्, अर्थात् महिला प्रतिस्पर्धात्मक कार्य वातावरणमा पुरुषभन्दा कम आकर्षित हुन्छन् र त्यसमा महिलाले कमसल प्रदर्शन गर्ने प्रवृत्ति देखिन्छ ।

कार्यस्थलको प्रतिस्पर्धाले कामको घण्टालाई विश्वव्यापी रूपमा बढाउँछ भन्ने हाम्रो खोजले महिलाको व्यावसायिक जीवनको प्रगतिमा बाधा पुर्‍याउने अप्रत्यक्ष तरिकालाई संकेत गर्छ । महिलाले पुरुषको तुलनामा धेरै अवैतनिक हेरचाह र घरायसी काम गर्ने तथ्यको सन्दर्भमा महिला पुरुष सहकर्मीजति समय खर्च गर्न असमर्थ रहन्छन् । यसले प्रतिस्पर्धाले ‘लोभी’ रोजगारको पदको उदयलाई प्रोत्साहन गर्छ, जहाँ कर्मचारीबाट पूर्ण समर्पण खोजिन्छ । 

अनुसन्धाताले समस्याको राम्रो बुझाइ निर्माण गरे पनि समाधान जटिल छन् । हाम्रो अनुसन्धानले कार्यस्थल प्रतिस्पर्धात्मक हुने क्षेत्रका रोजगारदातालाई ठूलो नाफा हुन सक्छ र केही श्रमिकका लागि यो आकर्षक पनि छ भन्ने देखाउँछ । हाम्रो अनुसन्धानले दूरश्रम प्रविधिले विस्तारित कार्यघण्टा घटाउन अपेक्षित रूपमा सफल नहुन सक्छ । फलस्वरूप, ठूला रोजगारीका पदमा लैंगिक ज्याला असमानता देखिन्छ भन्ने देखाउँछ । यसबाहेक महिलालाई प्रतिस्पर्धात्मक क्षेत्रमा लाग्न र रहन प्रोत्साहित गर्न महत्वपूर्ण भए तापनि सफलताको प्रत्याभूति गर्न पर्याप्त नहुन सक्छ ।

यदि कार्यस्थल प्रतिस्पर्धा ठूला रोजगारीका पदमा जारी रह्यो भने समानता भएका कार्यस्थल हासिल गर्न चुनौती खडा हुनेछन् । यद्यपि यस्तै नै होला भनेर ठोकुवा गर्न सकिन्न । रोजगारदाताले श्रमिकलाई उत्प्रेरित गर्न गैरप्रतिस्पर्धी विधिको खोज गर्न सक्छन्, अर्थात् जहाँ कार्यसम्पादन उपाय अंक तुलनामा निर्भर हुँदैन । हामी अनुसन्धानकर्तालाई यी विकल्पबारे अनुसन्धान गर्न आग्रह गर्छौं ।

(मिलर भर्जिनिया विश्वविद्यालयकी आर्थशास्त्रकी प्राध्यापक हुन् भने सेगल ज्युरिच विश्वविद्यालयकी व्यवस्थापकीय अर्थशास्त्रकी प्राध्यापक हुन्) 
– द कन्भर्सेसनबाट

ad
ad