१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका दमक (झापा)
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दमक (झापा)
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo

जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका वेला राति ११:५० बजे हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए। 

लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जंगल हातामा कटेरो बनाई बस्दै आएका थिए। वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो। जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन्।

यस वर्ष हात्तीको आक्रमणबाट झापामा सातजनाको मृत्यु भइसकेको छ भने सातजना घाइते भएकाे डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताए। 

ad
ad