१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

माइकल चेकवमाथि नाट्य कार्यशाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२९:oo

नेपालमा माइकल चेकव पद्धतिमा कार्यशाला हुने भएको छ ।  यो कार्यशाला रंगकर्मीहरू र प्रशिक्षकहरूलाई लक्षित गरिएको छ ।  यसपटक रसियन हाउस कमलपोखरीको सहयोगमा यो कार्यशाला सञ्चालन गरिँदै छ । चैत १७ गतेदेखि २६ गतेसम्म हुने यो कार्यशालामा सहयोगीको रूपमा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल पनि जोडिएका छन् । यो कार्यशालामा विभिन्न थिएटरबाट २५ जना रंगकर्मीहरू सहभागी हुनेछन्  । यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु रहेको छ ।

यसपालि अनुभवी गुरु योर्ग आन्द्रेस आएका छन् ।  उनी माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्  । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन्  । विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिँदै हिँड्छन्  । नेपाल आउनुअघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ । 

नेपालमा धेरै थिएटरहरू छन् । रंगमञ्चमा काम गर्ने रंगकर्मीहरू छन् । तर, कुनै विशेष पद्धति छैन । शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भइरहेका छन् । नाटक तयार भइरहेका छन् । दिग्गज प्रशिक्षकहरूले मैले यो पद्धतिमा  तपाईंहरू अभिनय सिकाउँदै छु भनेर भन्दैनन्  । स्तानिस्लाभास्की नेपालमा चर्चित छन् । स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी थिए माइकल चेकव  । माइकल चेकव र स्तानिस्लाभास्की  दुवैको तौरतरिका फरक छ । माइकल चेकव प्रसिद्ध रसियन लेखक आन्तोन चेकवका भतिजा हुन्  । स्तानिस्लाभास्कीले समेत माइकल चेकवको पद्धतिको प्रशंसा गरेका थिए ।

नेपालमा पछिल्लो समय केही फरक–फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । जब माइकल चेकवले आफ्नै पद्धतिको विकास गरे तब उनी रसियाबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले । पश्चिमी समाजमा माइकल चेकवको पद्धति चर्चित छ । ओस्कार विजेता धेरै कलाकार यो पद्धतिमा काम गर्छन्  ।

यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ । गत वर्ष यही समयमा यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन्  । उनले दुई महिना लामो कार्यशाला चलाइन् ।

ad
ad