१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : क्यान ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको टी-२० म्याचमा वर्षा बाधक

लगातारको वर्षाले आउटफिल्ड भिजेकाले टससमेत नभई शृंखलाको पहिलो म्याच रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:१५:oo

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट म्याचको शृंखलाको पहिलो म्याचमा वर्षा बाधक बनेको छ । 

मौसममा आएको बदलीको कारण लगातार वर्षा भएकाले कीर्तिपुरस्थित त्रिवि खेलमैदान भिजेको छ । जसका कारण टससमेत नभई पहिलो म्याच रद्द गरिएको छ ।

वर्षाका कारण आउटफिल्ड भिजेकाले खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । आजको खेल रद्द हुन पुगेपछि तीन म्याचको शृंखला भोलिबाट सुरु हुने भएको छ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग तीन टी–२० र तीन एकदिवसीय म्याचको शृंखला खेल्ने तालिका छ । 

यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’सँग दुई टी–२० म्याचको शृंखला खेलेको थियो । दुवै म्याचमा नेपाल विजयी भएको थियो । 

क्यानले टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टोलीमा आरिफ शेख, देव खनाल, पवन सर्राफ, लोकेश बम, किरण ठगुन्ना, नारायण जोशी, अर्जुन घर्ती, बसिर अहमद, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, रासिद खान, विकाश अग्री र हेमन्त धामी छन् ।

एकदिवसीय शृंखलाका लागि पनि विनोद भण्डारीकै कप्तानीमा टिम घोषणा गरिएको छ । टिममा आरिफ शेख, भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, बसिर अहमद, साहब आलम, कमलसिंह ऐरी, रञ्जित कुमार, विकास अग्री, मौसम ढकाल, रूपेश सिंह र रिजन ढकाल छन् ।

ad
ad