१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
पुरुष ५३.५ केजीमा महेन्द्र चन्दलाई प्रहार गर्दै भूपेन्द्र थापा (रातो)
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वीर गणेशमान राष्ट्रिय बक्सिङ : भूपेन्द्र र निश्चल सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२७:oo

१३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भूपेन्द्रले सुदूरपश्चिमका महेन्द्र चन्दलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरे

नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकीका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोकामगर छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पुरुष ६३.५ केजीको स्पर्धामा १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भूपेन्द्रले सुदूरपश्चिमका महेन्द्र चन्दलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । निश्चलले एपिएफका सोनाम सार्कीलाई निराश पारे । खगेन्द्र रोकामगरले मधेशका मृनाल जोशीलाई सहज अंकमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भूपेन्द्रका भाइ चन्द्रबहादुरले कोशीका फुङलाङ काम्बाङलाई हराए । बागमतीका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुनमाथि जित निकाले । आर्मीका विमल घर्तीमगरले कर्णालीका लक्ष्मण राईलाई निराश पारे । मधेशका रविन थापाले एपिएफका प्रदीप महर्जनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५७ केजीमा प्रहरीका निकेश देसारले एपिएफका पुरन राईबाट वाकओभर पाउँदै अन्तिम चारको स्थान पक्का गरे । सोही तौल समूहमा कर्णालीका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठलाई पराजित गरे । सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका नीराजन मोक्तानमाथि जित निकाले । आर्मीका प्रेम चौधरीले लुम्बिनीका मन्सुब बस्नेतलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरे ।

विक्रम अन्तिम चारमा
प्रतियोगिताअन्तर्गत पुरुष ७१ केजीमा एपिएफका विक्रम चौधरीले मधेशका सुजित पराजुलीलाई हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेका छन् । बागमतीका अश्विनधिरन श्रेष्ठ लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छाउँदै सेमिफाइनलमा पुगेका छन् । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्कीलाई पाखा लगाए । आर्मीका दीपेश लामा एपिएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे । प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठीलाई हराइन् । आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै अन्तिम चारमा स्थान पक्का गरिन् । 

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपिएफकी शर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेशकी अंशु केसीलाई पन्छाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । 

ad
ad