१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : अमुल थापा ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद चौधरीसँग पूर्वाग्रह राखिएको छैन : गृहमन्त्री लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार १५:००:००

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको क्रममा कसैसँग कुनै किसिमको पूर्वाग्रह नराखिने बताएका छन् । 

संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा केही सांसदले कांग्रेस सांसद तथा व्यवसायी विनोद चौधरीसँग लिइएको बयानका विषयमा सोधेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘कांग्रेसका सांसद विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह राखिएको छैन,’ उनले भने, ‘कसैप्रति दूषित पूर्वाग्रह राख्ने काम सरकारबाट हुँदैन ।’ 

उनले पहिलेका सरकारका पालामा पहिले थुन्ने अनि सुन्ने गरिएको, तर आफूले पहिले सुन्ने र आवश्यक परे मात्र थुन्ने निर्देशन दिएको भन्दै उनले भने, ‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नुपर्छ, नसुनी थुन्न हुँदैन भन्नेमा म स्पष्ट छु ।’

त्यसअघि यस विषयमा जवाफ दिएका नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले अत्यन्त सतर्कता र लचकता अपनाए सांसद चौधरीको बयान लिइएको जवाफ दिएका थिए। 

‘एक दिनमै बयान सकिन्छ भने पक्राउ पुर्जी जारी गरौँ भन्ने भएरै उहाँलाई उपस्थित गराएर बयान गराइएको हो,’ आइजिपी कुँवरको भनाइ थियो।