१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महराले पिएसओ र गाडी छाडेपछि पक्राउ गरेका हौँ : प्रहरी महानिरीक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:o९:oo

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सहयोग नगरेको आभास पाएपछि कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्ट पारेका छन् । 

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले सोधेका जिज्ञासाको जवाफ दिँदै महानिरीक्षक कुँवरले बयान सकेपछि स्वास्थ्यको जटिलता हेरेर छाडिएको जानकारी दिए । 

‘भेप केसमा सुरुदेखि नै आएको थियो । पछि जाँचबुझ आयोगको प्रतिवेदन आएपछि कार्यान्वयन गर्ने सिलसिलामा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यूसमेत बस्यौँ र कानुनी दायरामा ल्याउनुपर्छ भन्नेमा गयौँ । उहाँको स्वास्थ्य अवस्थाको कारण ‘लिवरल’ नै हुने कुरा गरेका थियौँ । तर, उहाँले हामीलाई सहयोग नगर्ने आभास देखियो । उहाँले पिएसओ र गाडी छाडेर हिँडेपछि पक्राउ गरिएको हो,’ महानिरीक्षक कुँवरले भने ।  

उनले अदालतले समेत स्वास्थ्य अवस्थाको कुरा उठाएको तथा हामीलाई पनि थुनामा राख्दा स्वास्थ्यका अरू जोखिम होला कि भन्ने लागेपछि बयान सकेर रिहा गरिएको बताए । 

ad
ad