१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भरतपुरमा खुल्यो ‘भिभान्ता चितवन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२९:oo

भारतको आतिथ्य कम्पनी इन्डियन होटेल्स कम्पनी लिमिटेड (आइएचसिएल)ले चितवनको भरतपुरमा ‘भिभान्ता चितवन’ सञ्चालन गर्ने भएको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रूपमा स्थापित हुने आइएचसिएलले जनाएको छ । 

आइएचसिएलकी न्यु बिजनेस एन्ड होटेल्स ओपनिङकी उपाध्यक्ष दीपिका रावले नेपालमा तेस्रो होटेल खुल्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि रहेको बताइन् । यसअघि आइएचसिएलले चितवनको मेघौलीमा ‘मेघौली सेराई’ र ललितपुरको झम्सिखेलमा ‘भिभान्ता’ होटेल सञ्चालनमा ल्याइसकेको छ । यी तीनवटै होटेलमा सिजी हस्पिटालिटीको लगानी रहेको छ । भिभान्ता चितवन आइएचसिएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण भएको उनको भनाइ थियो । आइएचसिएल र सिजीले पाँचवटा देशका ११ होटेलमा सहकार्य गरिरहेका छन् ।

भिभान्ता चितवनमा ४५ कोठा छन् । प्रत्येक कोठा सुन्दर ढंगले सुसज्जित रहेको बताइएको छ । भिभान्ताका सुइटबाट सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृश्य हेर्न सकिन्छ । पाहुनाले होटेलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्नेछन् । होटेलको स्विमिङ पुलबाट मनोरम सिराइचुली माउन्टेनको दृश्य देख्न सकिन्छ । होटेलमा २४ सय वर्गफुटको सभाहल र बिजनेस सेन्टरसमेत रहेको छ ।

सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भिभान्ता चितवन थपिएपछि पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आइएचसिएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ ।’

ad
ad