१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमती सरकारलाई दिएको समर्थन हानेपाले लियो फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५४:oo

बागमती प्रदेशमा दुई सदस्य रहेको हाम्रो नेपाली पार्टीले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको छ। हाम्रो नेपाली पार्टीले गत वर्ष २५ पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। 

हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्रमार्फत बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई जानकारी दिएको हो।

हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले चैत ९ गते नै बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि मंगलबार मात्रै औपचारिक रूपमा पत्रमार्फत सम्बन्धित निकायहरूलाई जानकारी गराएको बताए।

उनले बदलिएको परिस्थितिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने दाबी गरेको बताउँदै मुख्यमन्त्री नपाए प्रतिपक्षमा बस्ने जानकारी गराए। 

यसअघि तत्कालीन सत्तासाझेदार दल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ।

ad
ad