१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनकपुरमा १५ दिने मध्यपरिक्रमा आज सकिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१३:oo

१५ दिने धार्मिक यात्रा मध्यपरिक्रमा सोमबार जनकपुरधामको अन्तरगृह परिक्रमापछि सम्पन्न हुँदै छ । भारतको बिसौलबाट परिक्रमावासी जनकपुरधाम आउने क्रम जारी छ । सोमबार बिहानैदेखि परिक्रमावासीले अन्तरगृह परिक्रमा गर्नेछन् । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलिपल्ट जनकपुरधामसहित यस क्षेत्रमा होली पर्व मनाइने चलन छ । 

फागुन औँसीदेखि धनुषा मिथिला बिहारी नगरपालिकको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्डलगायत मठबाट ल्याएका जानकीजीका डोलाहरूलाई समावेश गरी परिक्रमाको यात्रा सुरु गरिएको थियो । नेपाल र भारतका धार्मिक ऐतिहासिक ठाउँ समेट्ने परिक्रमाअन्तर्गत नेपालतर्फ ९० किलोमिटर र छिमेकी मुलुक भारततर्फ ३० किलोमिटर गरी १२० किलोमिटर भूभागको पैदलयात्रा गरी पक्रिमावासी जनकपुरधाम पुगेका हुन् । 

मिथिला महात्मामा वर्णन गरिएको मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले बताए । परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), बिसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात् १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा गरिन्छ । मिथिलाञ्चल क्षेत्रमा पर्ने भूमि संसारका सर्वश्रेष्ठ भूस्थल रहेको हिन्दु धर्मग्रन्थमा उल्लेख छ । 

ad
ad