मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ९ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
अर्थ

सेन्ट्रल फाइनान्सका शाखाहरूद्वारा वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार १७:४७:oo

सेन्ट्रल फाइनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरूले सप्ताहव्यापी वित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेका छन्।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ सञ्चालित ग्लोबल मनी विक २०२४ अन्तर्गत नारायणगढ, लालबन्दी र भैरहवा शाखाले वित्तीय साक्षरता र प्रभातफेरी कार्यक्रम गरेका हुन्।

चितवनको नारायणगढ शाखा तथा सर्लाहीको लालबन्दी शाखाले आ–आफ्ना क्षेत्रका अन्य बैंक वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरे। बैंक वित्तीय संस्थाका सेवा र सुविधा तथा डिजिटल बैंकिङलगायतका वित्तीय तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, रुपन्देहीको भैरहवा शाखाले भैरहवाको श्री ब्राइट स्टार इंग्लिश बोर्डिङ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्‍याे । कार्यक्रममा संस्थाका शाखा प्रमुख अरुण अधिकारीले बैंक तथा वित्तीय संस्थाबारे विद्यार्थीलाई जानकारी दिएका थिए। 

उनले डिजिटल बैंकिङलगायत बचत गर्नु किन आवश्यक छ र यसले जीवनमा के भूमिका खेल्छ भन्नेबारे आफ्नो विचार राखेका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक वर्गसहित कक्षा ९ र १० का विद्यार्थीको उपस्थिति रहेको थियो।