मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o८o चैत ९ शुक्रबार १४:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खड्गप्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट शनिबारदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ९ शुक्रबार १४:o३:oo

पूर्वक्रिकेटर शक्ति गौचनले स्थापना गरेका खड्गप्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट प्रतियोगिताको छैटाैँ संस्करण चैत १० गतेबाट सुरु हुने भएको छ।

आफ्ना बुबाको स्मृतिमा स्थापना भएको क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्टार क्रिकेट एकेडेमीका संस्थापक शक्ति गौचनले बताए।

क्रिकेट एसाेसिएसन अफ रुपन्देहीको सहकार्यमा हुने प्रतियोगितामा रुपन्देहीका ६ सहित चारवटा अन्य प्रदेशबाट टिमहरू सहभागी हुनेछन्। तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभल क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरू २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल भने ४० ओभरको खेलिने उनले बताए।

प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन्। २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ।

प्रतियोगिताको समूह ‘ए’मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लू वेस्टर्न क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्टस् एकेडेमी तथा समूह ‘बी’मा पल्सर सिइसी काठमाडौं, डिस्ट्रिक एसाेसिएसन अफ कास्की, डिसिए धनगढी र न्यु होराइजन स्पोर्टस् क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।