१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

गौतमबुद्ध क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:५२:oo

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका अधुरा काम द्रुत गतिमा निर्माण हुने बताएकी छिन्।

बिहीबार इन्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले यू–१९ महिला विश्वकप खेल यही रंगशालामा खेलाउने गरी निर्माण सम्पन्न गर्ने उल्लेख गरिन्।

‘फागुन १७ गते टेन्डर आह्वान भएको छ,’ उनले भनिन्, ‘रंगशाला निर्माण हुन्छ कि हुँदैन भन्ने आशंका पनि हट्यो। महानगरले द्रुत गतिमा रंगशाला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ।’

यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाइ छ।

रंगशाला निर्माणका लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्त रूपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले दाबी गरिन्।

भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएकोसमेत उनले स्मरण गराइन्।

चैत २६ गतेदेखि बागमती प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको पनि सो अवसरमा जानकारी दिइएको छ। प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, स्विमिङ, तेक्वान्दोलगायतका विभिन्न विधाका खेल हुनेछन्। महानगरपालिकाले यसअघि विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता गरिसकेको छ।

ad
ad