Skip This
ad
प्राध्यापक हत्याका योजनाकार १६ वर्षपछि पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्राध्यापक हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:३७:oo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा धादिङ साबिक बुढाथुम गाविस– ३ हाल गंगाजमुना नगरपालिका– ७ घर भई हाल ललितपुर महानगरपालिका– २६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। 

उनका अनुसार ०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका– २२ शंखमूलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो। 

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीनजनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएका थिए। घाइते विष्टको उपचारका क्रममा मृत्यु भएको थियो। 

थापालाई सोमबार ललितपुर महानगरपालिका– २६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आज आवश्यक कारबाहीका लागि जिल्ला अदालत ललितपुर बुझाएको प्रवक्ता रेग्मीले बताए। 

ad
ad