उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लाछिानेको राजीनामा माग्दै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारअगाडि प्रदर्शन भएको छ । उनीहरूले अर्थमन्त्री वर्षमान पुनको पनि विरोध गरेका छन् ।
कांग्रेसनिकट विद्यार्थीहरूको संगठन नेविसंघको चाबहिल क्याम्पस एकाइका विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्लेकार्ड र पोस्टरसहित प्रदर्शनमा निस्किएका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेका व्यक्ति गृहमन्त्रीमा रहनु अनैतिक हुने भन्दै उनीहरूले नैतिकताको आधारमा राजीनामा दिन माग गर्दै नाराबाजीसमेत गरेका थिए ।