१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नेपाली सिनेकर्मीलाई सीका सुझाव– विश्वबजारलाई लक्षित गरेर सिनेमा बनाउनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१६:oo

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अन्तिम दिन चिनियाँ फिल्ममेकर प्राध्यापक सी फीले विश्वबजारलाई लक्षित गरेर सिनेमा बनाउन नेपाली फिल्मकर्मीहरूलाई सुझाव दिएका छन् । अल गर्ल फ्रम हुनान, ब्ल्याक स्नो, वुमन सेसेम ओइललगायत चर्चित फिल्मका निर्देशक सी निफमा जुरीको भूमिकामा समेत थिए । उनले अन्तिम दिन आफ्ना अनुभव नेपाली फिल्मकर्मी माझ यसरी साटे । 

म पहिलोपटक २०१५ नेपाल आएको थिएँ । त्यतिवेलै पहिलोपटक फिल्म हेर्ने अवसर पाएँ । कालो पोथी, सेतो सूर्यजस्ता राम्रा फिल्म बनेका थिए । अहिले इन्टरनेटबाट सबैले सबै ठाउँको फिल्म हेर्न सक्छन् । यस्तोमा राम्रो फिल्म बनाएर अन्तर्राष्ट्रिय स्तरका राम्रा पुरस्कार पायो भने दर्शक आकर्षित हुन्छन् । फिल्ममार्फत विभिन्न समुदायका सांस्कृतिक पाटोहरू उजागर गर्न सकिन्छ । नेटफ्क्सिजस्ता ठूला प्लाटफर्मसम्म पुगेर अझ धेरै दर्शकलाई आकर्षित गर्न सकिन्छ ।

सन् १९८० को दशकसम्म चाइनिज फिल्म पनि विश्वमा चिनिएको थिएन । तर, जब चाइनिज फिल्मले भेनिस, बर्लिन, कान्सजस्ता महोत्सवमा उपस्थिति जनायो । त्यसपछि विश्वमा परिचित हुँदै गयो ।’ नेपाली फिल्म उद्योगका लागि चीन पनि एउटा बजार हुन सक्छ । धेरै चाइनिज हिमाल आरोहणजस्ता साहसिक खेलका लागि नेपाल आउने गर्छन् । फिल्ममा त्यस्ता सामग्री समावेश गर्दा उनीहरूका लागि रुचिकर हुन सक्छ । व्यावसायिक फिल्म एक दिन पुराना हुनेछन् । तर, कलात्मक रूपमा बनाइएका फिल्म सधैँ ताजा रहन्छन् । त्यसैले विषयवस्तु छनोट र प्रस्तुति निकै महत्वपूर्ण हुन्छ । 

ad
ad