१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फुटसलले हुने शारीरिक तथा मानसिक फाइदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o२:oo

पछिल्लो समय युवापुस्ता फुटसलमा आकर्षित भएको छ । सानो ठाउँमा थोरै साथीभाइ जम्मा भएर फास्ट पेसमा खेलिने भएकाले यो खेलको लोकप्रियता बढेको हो । समय निकालेर वेला–वेलामा फुटसल खेल्दा आलस्य, मोटोपन, तनावलगायत धेरै समस्याबाट मुक्ति पाइन्छ । यसले विद्यार्थीलाई स्मार्ट र सिर्जनशील बनाउँछ । किशोरावस्थाका युवाहरूले कम्तीमा हप्तामा एकदेखि दुईपटक (हरेक सेसन एक घण्टादेखि एक घण्टा ३० मिनेट) खेल्दा धेरै फाइदा लिन सक्छन् । 

प्राविधिक सुधार 
फुटसलमा छिटो दौडनुपर्छ । सानो स्पेसमा खेलिने भएकाले पास दिने, बल नियन्त्रण गर्ने, पोस्टमा प्रहार गर्नेलगायत विषयमा चाँडै निर्णय लिनुपर्ने हुन्छ । जसकारण बालबालिका तथा किशोरकिशोरीमा राम्रो प्राविधिक ज्ञान, ड्रिब्लिङ, सुटिङ र बल खेलाउन सक्ने बानी विकास हुन्छ । यो ज्ञानले कालान्तरमा फुटबल खेलमा पनि राम्रो गर्न सहज हुन्छ । 

फिजिकल फिटनेस
फुटसल खेलाडी शारीरिक रूपमा फिट हुन्छन् । खेल्नका लागि सानो क्षेत्रफल र सीमित खेलाडी मात्रै हुने भएकाले पनि टिमका प्रत्येक खेलाडीले धेरै मिहिनेत गर्नुपर्छ । यसले राम्रोसँग कार्डियोभास्कुलर वर्कआउट गराउँछ । स्टामिना बढाउँछ । फिटलेस लेभल सुधार्छ र युवाहरूलाई सक्रिय र स्वस्थ राख्छ । 

टिमवर्क 
फुटसल टिममा रहेर खेलिने खेल हो । यसमा खेलाडीहरू एक–अर्कासँग मज्जाले घुलमिल हुन्छन् । उनीहरूबीच आपसी कुराकानी, मित्रवत् सम्बन्ध विकास हुन्छ । एक–अर्कालाई सहयोग गर्ने र एक–अर्काको सहअस्तित्व स्विकार्ने बानीको विकास गराउनका लागि यो महत्वपूर्ण छ । यस खेलमा गोलका अवसर सिर्जना गर्न र विपक्षी टोलीलाई गोल गर्नबाट रोक्नका लागि सबै खेलाडीले मिलेर भिड्नुपर्ने हुन्छ । तसर्थ, फुटसल खेलेर, विद्यार्थीले आवश्यक टिमवर्क र सञ्चार सीपहरू विकास गर्न सक्छन् । खेलकुदमा मात्र नभई उनीहरूको शैक्षिक र व्यावसायिक जीवनमा पनि यसको 
अर्थ रहन्छ । 

चुनौतीको सामना 
फुटसलको तीव्र गतिले खेलाडीहरूलाई दबाबमा छिटो निर्णय गर्न बाध्य बनाउँछ । यसमा अवस्था निरन्तर परिवर्तन भइरहेको हुन्छ र परिवर्तिन अवस्थाअनुसार नै विपक्षीलाई दबाब दिनुपर्ने हुन्छ । यो सीप विद्यार्थीहरूका लागि महत्वपूर्ण छ किनकि यसले उनीहरूलाई जीवनका विभिन्न पक्षहरूमा मद्दत गर्न सक्छ । जस्तै, समस्या समाधान, समय व्यवस्थापन, शैक्षिक र व्यक्तिगत परिस्थितिहरूमा रणनीतिक निर्णय लिने क्षमता विकास हुन्छ । 

समय व्यवस्थापन र अनुशासन 
खेलकुदका लागि अनुशासन अत्यावश्यक छ । खेलाडीलाई पढाइप्रति प्रतिबद्ध रहँदै फुटसलको अभ्यास गर्न सिकाइन्छ । जसकारण उनीहरूले समय व्यवस्थापनको कला पनि सिक्छन् । उनीहरूले आफ्नो कार्यतालिका आफैँ बनाउन, लक्ष्यहरू निर्माण गर्न, निरन्तर अभ्यास र धैर्यता राख्न पनि सिक्छन् । यसले उनीहरूलाई सानैदेखि जिम्मेवार बन्न प्रेरणा मिल्छ । 

मनोरञ्जन 
आत्मविश्वास निर्माण गर्न, सामाजिक सम्बन्ध विकास गर्न र मित्रवत् भावनाका लागि फुटसलले सहयोग गर्छ । शारीरिक गतिविधिमा संलग्न हुँदा रक्तसञ्चार राम्रो हुन्छ, शरीरबाट राम्ररी पसिना बग्छ र मानसिक रूपमा मानिसहरूले रमाइलो महसुस गर्छन् । 

तनाव कम भएर जान्छ । यसले विद्यार्थीलाई सिर्जनशील बनाउँछ । 
फुटसलले विद्यार्थीलाई शारीरिक र मानसिक दुवै रूपमा लाभहरू प्रदान गर्दछ । यसले शारीरिक तन्दुरुस्तीलाई बढावा दिन्छ, प्राविधिक सीपहरू बढाउँछ, टोली कार्य र सञ्चारलाई प्रोत्साहन गर्छ, निर्णय गर्ने क्षमतालाई तिखार्छ । सकारात्मक सोचको विकास गर्छ । त्यसैले फुटसल केवल खेल मात्रै होइन, व्यक्तित्व विकास र स्वस्थ रहने माध्यम पनि हो । 

ad
ad