१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नेसपाको महाधिवेशन आगामी माघमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o१:oo

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्ण शर्माले बताए । उनका अनुसार विद्यमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ ।

महाधिवेशनअघि पालिका, जिल्ला र प्रदेश सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘आगामी माघमा महाधिवेशन गर्ने गरी प्रदेश, जिल्ला र पालिकाको अधिवेशन गर्ने, तत्काल जनजीविकाका मुद्दाहरू लिएर जनतामा जाने निर्णय भएको छ,’ उनले भने । 

पुराना शक्तिबाट देशले निकास नपाउने निष्कर्षसमेत बैठकले निकालेको छ । नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्ने दाबी शर्माले गरे । बैठकले माओवादीसँग एकता प्रक्रियामा गएका नेताहरूलाई पदमुक्त गरेको छ । ‘जो व्यक्तिहरू पार्टी अनुशासनबाहिर गएर विज्ञप्ति जारी गरे, तिनीहरूलाई पदमुक्त गरिएको छ,’ उनले भने ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय पक्षले गरेको माओवादीसँगको एकता सहमति खारेज गरेको थियो । कार्यकारिणी बैठकको निर्णय केन्द्र्रीय समितिले अनुमोदन गरेको छ । ‘बैठकमा प्रस्ताव नराख्ने, छलफल नगर्ने, पार्टीको अध्यक्षलाई पनि जानकारी नगराउने, विधि, पद्धति र संगठनात्मक प्रणालीलाई पनि नमान्ने र अमूक व्यक्तिको स्वार्थसिद्धिका लागि एकता संयोजन समितिको संयोजकको उपस्थितिविनै नेसपाको नाममा पार्टी एकताको वक्तत्व जारी गर्नु प्रथम दृष्टिमै अमान्य, बदरभागी र खारेजभागी छ । यसलाई केन्द्रीय समितिले मान्यता दिन सक्दैन,’ शर्माले भने ।

यादव पक्षले शनिबार माओवादीसँग पार्टी एकतासहित चारबुँदे सहमति गरेको थियो । सहमतिमा माओवादीबाट महासचिव देव गुरुङ र नेसपाबाट महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको नाम आगामी महाधिवेशनबाट टुंगो लगाउने, वैचारिक एकता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गर्ने सहमतिसमेत भएको थियो । कार्यदलमा माओवादीबाट महासचिव गुरुङ, उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव यादव सदस्य छन् ।

ad
ad