१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Thursday, 17 April, 2025
२o८o चैत ५ सोमबार २२:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा दुई दिनमा एक सयभन्दा बढी व्यक्ति अपहरित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार २२:१८:oo

नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा एक सयभन्दा बढी व्यक्तिको अपहरण गरेका छन्।

नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब दुई सय ५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक सातापछि अपहरणकारीले पछिल्ला दुई दिनमा एक सयभन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय बासिन्दा र अधिकारीहरूले सोमबार एएफपीसँग बताएका छन्।

काडुना राज्यको काजुरु इलाकामा गत सप्ताहन्तमा छुट्टाछुट्टै अपहरणका घटना भएका थिए । स्थानीय सरकारका अध्यक्ष इब्राहिम गजेरेका अनुसार आइतबार राति काजुरु स्टेसनमा बन्दुकधारीले ८७ जनालाई अपहरण गरेका छन्।

उनले भने, ‘उनीहरूले बन्दुक देखाएर स्थानीयलाई घरबाट निकालेका थिए।’ स्थानीय हरिसु दारीका अनुसार राति १० बजेतिर आक्रमणकारीको समूहले गाउँमा पसेर घर–घरमा गएर स्थानीयवासीको अपहरण गरेका थिए।

संयुक्त राष्ट्रसंघको एक स्रोत र एक पूर्व स्थानीय अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै अपहरित उक्त संख्याको पुष्टि गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार काजुरुबाट १० किलोमिटर टाढा डोगोन नोमाबाट शनिबार १६ जनालाई अपहरण गरिएको थियो। 

नाइजेरियामा नागरिकको सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका राष्ट्रपति वोला अहमद टिनुबुको सरकारलाई ठूलो मात्रामा अपहरणको घटनाले चुनौती दिइरहेको छ।

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैर–सरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’ले गत वर्षको मे महिनामा तिनुबुले सत्ता सम्हालेयता चार हजार सात जना अपहरणमा परेको जनाएको छ। (रासस/एएफपी)