१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धर्मसन्तान लिन कानुन नै बाधक, संशोधन गर्न सांसद डाँगीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले धर्मसन्तान लिन कानुन बाधक भएकाले त्यसलाई संशोधन गर्न माग गरेकी छिन्।

मुलुकी देवानी संहिता, २०७४ को दफा १७२ ले विवाहित दम्पतीले बिहे भएको १० वर्षसम्म सन्तान नभएमा मात्र धर्मसन्तान लिन सक्ने व्यवस्था गरेको भन्दै उनले यस्ताे व्यवस्था संशाेधन गर्न माग गरेकी हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद डाँगीले भनिन्, ‘मुलुकी देवानी संहिता, २०७४ को दफा १७२ अनुसार, कुनै पनि विवाहित दम्पतीले बिहे भएको दस वर्षसम्म सन्तान चाहेर पनि नभएमा मात्र धर्मसन्तान लिन सक्छन् । बिहे भएको केही वर्षमै आफ्नो सन्तान हुन सक्दैन भन्ने थाहा पाए पनि धर्मसन्तानका लागि उनीहरूले दस वर्षसम्म कुर्नै पर्छ ।’

अविवाहित, एकल महिला/पुरुष, सम्बन्धविच्छेद वा न्यायिक पृथक्कीकरण गरी बसेकाहरूले पनि धर्मसन्तान लिन ४५ वर्ष पुग्नैपर्ने व्यवस्था रहेको भन्दै उनले आपत्ति जनाइन्।

‘अविवाहित, एकल महिला र पुरुष, सम्बन्धविच्छेद वा न्यायिक पृथक्कीकरण गरी बसेका महिला र पुरुषलाई भने ४५ वर्ष पुगिसकेपछि बल्ल धर्मसन्तान हुर्काउन हाम्रो कानुनले योग्य मान्छ। एकातिर बच्चा घरविहीन भएर बस्नुपर्ने र अर्कोतिर कुनै घर बच्चाविहीन भएर सुनसान रहनुपर्ने अवस्था छ,’ उनले भनिन्।

ad
ad